राजकीय सम्मान साथ सम्पन्न गरिएको भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका ८७ वर्षीय सभापति गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टिमा लाखौं मानिसको लहर उर्लेको देखियो भने उनलाई श्रद्धान्जली दिन भारतीय नेताहरुसमेत आर्यघाटमा पुगे।
नेपाली काँग्रेसका सभापति एवं भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको राजनीतिमा निर्वाह गरेको भूमिकाको सबै प्रमुख पत्रपत्रिकाले उच्च मूल्यांकन गर्दै उनको देहावसानको खबरलाई ठूलो महत्व दिएका छन्।
लामो समय देखिको श्वास-प्रश्वास सम्बन्धी रोगबाट निधन भएका नेपाली कांग्रेसका ८७ वर्षीय सभापति एवं भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हजारौं मानिसहरुले श्रद्धान्जली दिएका छन् भने सरकारले तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएलगत्तै देशभित्रका मुख्य दलहरुले अभिभावक गुमाएको बताएका छन् भने भारतले दक्षिण एशियाकै एक अग्रज राजनेताको अवसान भएको भन्दै दु:ख व्यक्त गरेको छ।
फोक्सोको समस्याबाट लामो समयदेखि पीडित ८७ वर्षीय पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई पखाला लागेपछि उनको स्वास्थ्य थप कमजोर भएको पारिवारिक सूत्रहरुले बताएका छन्।
प्रमुख दलहरूबीच राजनीतिक भागबण्डाको लागि दुई महिनाभन्दा लामो समयसम्म भएको विवादपछि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडालाई नियुक्त गरेको छ।
दुनियांलाई तपाईंले जस्तै गरी अरूले देख्न सक्दैनन्। जीवन बारे आफ्नो दृष्टिकोण अनुसार एउटा लघु फिल्म बनाउनुहोस् र बीबीसीको प्रतियोगितामा सहभागी हुनुहोस्।
हाल निकै चर्चामा रहेको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको सम्बन्धमा प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको क्रममा कुरा अगाडि बढ्यो भने त्यसले दुई देशबीच वर्षौंदेखि अवरूद्ध जलस्रोत विकासको एउठा नयाँ अध्याय खोल्ने देखिन्छ।