आन्दोलनमा उत्रिएको एकिकृत माओवादीले विमानस्थल नाकाबन्दीको कार्यक्रम फिर्ता लिए लगत्तै सो दलका अध्यक्ष प्रचण्डले समानान्तर सत्ता बनाउन खोजेको भन्ने आरोप आइरहेकोले स्वायत्त गणराज्य घोषणाको कार्यक्रम स्थगित गरिएको बताएका छन्।
महिनौंदेखि संसद अवरुद्ध गरिरहेको एकिकृत नेकपा माओवादीले बजेट पारित हुन नसकि देशै ठप्प हुने स्थिति आउन नदिनेमा आफूलाई विश्वस्त तुल्याएको संसदका सभामुख सुवासचन्द्र नेम्वाङले बताएका छन्।
सरकार समर्थक बाईस पार्टीको बैठकले सरकार ढाल्ने चेतावनीका साथ देशव्यापी आन्दोलन मार्फत सबैभन्दा ठूलो दल माओवादीले बढाउँदै लगेको दवाव खेपिरहेका प्रधानमन्त्री माधवकुमार नेपाललाई उत्साहित तुल्याउने खालको निर्णय गरेको छ।
हिउँ पग्लिएर बग्ने नदीहरुमा क्रमश: पानी घट्न थालेपछि जलबिद्युतको उत्पादन क्रमश: घट्ने हुनाले मंसिरको पहिलो सातापछि लोडसेडिङ अवधी बढेर सातामा २० घण्टा पुग्ने नेपाल बिद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन्।
सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच मंगलबारको भेटमा वातावरण सकारात्मक भएको भनिएपनि गतिरोध अन्त्यको ठोस खाका प्रस्तुत हुन नसकिरहंदा, माओवादी नेता प्रचण्डले बैठकमा विगतका त्रुटीको लेखाजोखा गर्न सहमति भएको बताएका छन्।
पार्टीलाई सामूहिक नेतृत्वमा लग्ने वा शक्तिशाली सभापति नै राख्ने विषयमा कांग्रेसको महासमिति बैठकमा उत्पन्न तीव्र विवाद फरक-फरक धारको नेतृत्व गरेका भनिएका नेताहरूबीच सहमति भएपछि सुल्झिएको छ।
हाल निकै चर्चामा रहेको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको सम्बन्धमा प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको क्रममा कुरा अगाडि बढ्यो भने त्यसले दुई देशबीच वर्षौंदेखि अवरूद्ध जलस्रोत विकासको एउठा नयाँ अध्याय खोल्ने देखिन्छ।