शिविरहरुमा रहेका माओवादी लडाकूको संख्याबारे जानकारी गराउन सरकारले पटक पटक अन्मिनलाई पत्राचार गरिरहेको बेला, राष्ट्रसंघीय उपमहासचिव बीलिन पास्कोले दुवै पक्षलाई मान्य विगतका समझदारी अनुसार लडाकूको संख्या गोप्य राखिनु पर्ने बताएका छन्।
पश्चिम नेपालमा रहेको करीब ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनामा भइरहेको ढिलाइ सरकारी बेवास्ताका कारण नभएको उर्जामन्त्री प्रकाशशरण महतले बताएका छन्।
नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुगेको र उक्त प्रक्रियामा सघाउन खटाइएको राष्ट्रसंघीय नियोग (अन्मिन) संग नेपाल सरकारको सम्बन्धमा खटपट भएका बेला राष्ट्रसंघका एकजना उच्चअधिकारी भारत हुँदै तीन दिने भ्रमणमा काठमाण्डू पुगेका छन्।
झण्डै ९० वर्ष पुग्न लागेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य असाध्यै कमजोर भन्ने समाचारहरु आइरहेका भएपनि उनको स्वास्थ्य नाजुक नभएको उनको उपचारमा संलग्न एकजना डाक्टरले बताएका छन्।
नयाँ संविधान समयमा जारी हुन नसक्ने आशंकाबिच म्याद थप्नुपर्ने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री माधवकुमार नेपाल सहित संविधानसभाका सबै दलले तोकिएकै समयमा संविधान लेख्ने प्रतिबद्धता जनाएका छन्।
सिंगो देशकै खस्किदो सुरक्षा स्थितिप्रति चिन्ता बढिरहेकै बेला मध्य तराईको एउटा जिल्लामा वैवाहिक समारोहमा अज्ञात बन्दूकधारीले चलाएको गोली लागि एकजना बालक सहित दुईजनाको मृत्यु भएको छ।
दुनियांलाई तपाईंले जस्तै गरी अरूले देख्न सक्दैनन्। जीवन बारे आफ्नो दृष्टिकोण अनुसार एउटा लघु फिल्म बनाउनुहोस् र बीबीसीको प्रतियोगितामा सहभागी हुनुहोस्।
हाल निकै चर्चामा रहेको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको सम्बन्धमा प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको क्रममा कुरा अगाडि बढ्यो भने त्यसले दुई देशबीच वर्षौंदेखि अवरूद्ध जलस्रोत विकासको एउठा नयाँ अध्याय खोल्ने देखिन्छ।